
जिजिविसा को अर्को पर्याय होला सायद समयको रफ्तार ,कहिले मिठो अनुभूति गराई दिन्छ त कहिले चिसो सिरेटोले झैँ मनै अमिल्याईदिने चुभन दिएर बहन्छ आफ्नै गति र रफ्तारले। क्रमागत ले पनि कस्तो कस्तो खेल खेलाउँदो रैछ हिजो अस्ति मात्रै परिचयको दायरामा भेटेको थिएँ जेनिन भाई लाई, उसका अबोध अनि मायालु सम्बोधनमा एक प्रकारको सुकुन मिल्थ्यो हो सुखानुभूति महसुस हुने गर्थ्यो सायद समयको तन्दुरमा बेस्सरी सेकिएको हुनु पर्छ र त कहानी कुनै हुरी बेहरी को भन्दा कम छैन। उसका समप्रेसण हरु